नबिल बैंकको थप एकसाथ ३८ शाखा संचालनमा

काठमाडौं ! नबिल बैंकले एकसाथ ३८ वटा शाखा सञ्चालनमा ल्याएको छ ।

बिहीबार बैंक स्थापना भएको ३८ वर्ष पूरा भएको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा देशभरका ३८ नयाँ शाखाको उद्घाटन गरिएको हो । बैंकले ‘नबिल बैंक अब तपाईसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा शाखा विस्तार गरिरहेको छ ।

कार्यक्रममा बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नबिल बैंकको सेवामा धेरै भन्दा धेरै डिजिटल टेक्नोलोजी प्रयोग गरेर सेवा दिने प्रयास गरिरहेको बताए । उनले बैंकको देशभर एकैसाथ ३८ वटा शाखा विस्तार गर्ने विषय सजिलो नरहेको बताए । उनले आफूले काम गर्ने समयमा निजी क्षेत्रका बैंकको शाखाहरू एकदमै कम भएको तर सरकारी बैंकका शाखा धेरै भएको बताए ।

उनले डिजिटल प्रविधिको कारणले बैंकहरूको धेरै शाखा भए पनि कम कर्मचारी भए पनि शाखा सञ्चालन गर्न सकिएको बताए । उनले सरकार र राष्ट्र बैंकले मुलुकमा वित्तीय साक्षरता बढाउँदै जानुपर्ने बताए । अध्यक्ष पौडेलले अब बैंकिङ क्षेत्र बरोइङ र नाफामा मात्रै अगाडि बढ्न नसक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *