१० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

काठमाडौं ! नेपाल राष्ट्र बैंकले १० अर्ब आन्तरिक ऋण उठाउने तयारी गरेको छ । राष्ट्र बैंकले आज बोलकबोल मार्फत १० अर्बको विकास ऋणपत्र बिक्रि गर्न लागेको हो ।

राष्ट्र बैंकले आज बिहिबार १० अर्बको विकास ऋणपत्र २०८५ (झ) बोलकबोल गरि शुक्रबार ऋणपत्र निष्काशन गर्न लागेको हो । यस ऋणपत्रको अवधि ५ वर्षको रहेको छ । ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुने छ ।

बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था, तथा नेपाली नागरिकले यस बोलकबोलमा सहभागी हुन पाउनेछन् । राष्ट्र बैंकले २०८५ साल जेठ १९ गते यस ऋणपत्रको सावाँ र ब्याज भुक्तानी गर्ने छ । ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने छ भने ब्याज आम्दानीमा कर लाग्ने छ ।

विकास ऋणपत्र दुइ वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्षअवधि सम्मका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *