राष्ट्र बैंकले ४ विकास बैंक र एक फाइनान्सलाई गर्‍यो कारबाही

काठमाडौं ! नेपाल राष्ट्र बैंकले ४ विकास बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागले नगद जरिवाना सहितको कारबाही गरेको हो ।

नियम विपरीत काम गरेको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र मल्टिपर्पस फाइनान्सलाई कम्पनीलाई कारबाही नगद जरिवाना गरेको हो ।

कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकलाई पाँचौँ पटक र सालपा विकास बैंकलाई प्रथम पटक कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर) कायम नगरेको भन्दै नारायणी डेभपलपेन्ट बैंकलाई पहिलो, दोस्रो र तेस्रो पटक कारबाही गरिएको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकलाई १ लाख ९६ हजार २६५ रुपैयाँ ३०, सालपा विकास बैंकलाई १ लाख १० हजार ६६२ रुपैउाँ २६ पैसा, नारायणी डेभलपमेन्ट बैंकलाई २ लाख ५१ हजार ३२४ रुपैयाँ ७३ पैसा र सप्तकोशी डेभलपमेन्ट बैंकलाई १९ लाख ३६ हजार ६३५ रुपैयाँ ५७ पैसा जरिवाना गरेको हो ।

मल्टिपर्पस फाइनान्सलाई अनिवार्य नगद मौज्दात अनुपात कायम नरहेको भन्दै २ हजार ७०१ रुपैयाँ जरिवाना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *