यस्तो छ नेपालको आर्थिक तथा वित्तीय स्थितिको पछिल्लो विवरण

काठमाडौं ! नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको आज आर्थिक वर्ष २०७९÷८० को नौ महिनाको तथ्याङ्कमा आधारित तथ्यांक सार्वजनिक गरेको हो ।

यस्तो छ आर्थिक वर्ष २०७९÷८० को नौ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति ।

 वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.७६ प्रतिशत रहेकोछ ।

 आयात १८.१ प्रतिशतले, निर्यात २६.३ प्रतिशतलेर कुल वस्तु व्यापार घाटा १७.१ प्रतिशतले घटेकोछ ।

 विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २४.२ प्रतिशतले र अमेरिकी डलरमा १३.९ प्रतिशतले बढेको छ ।

 शोधनान्तर स्थिति रु.१८० अर्ब १७ करोडलेबचतमा रहेको छ ।

 कुल विदेशी विनिमय सञ्चिति रु.१४३३ अर्ब ७३ करोड र अमेरिकी डलरमा १० अर्ब ९४ करोड रहेको छ ।

 संघीय सरकारको खर्च रु.९४३ अर्ब ५ करोड र राजस्व परिचालन रु.६८३ अर्ब ८१ करोड रहेकोछ ।

 विस्तृत मुद्राप्रदाय ६.६ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.९ प्रतिशतले बढेको छ ।

 बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.० प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.५ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.२ प्रतिशत रहेकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *