देशको आर्थिक अवस्थाबारे जानकारी दिन राष्ट्र बैंकले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं ! नेपाल राष्ट्र बैंकले आज मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेको छ । राष्ट्र बैंकले गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरेको हो ।

राष्ट्र बैंकले आज दिउँसो १ बजेर ३० मिनेटमा लाजिम्पाटको होटल र्‍याडिसनमा पत्रकार सम्मेलन आयोजना गरेको हो। राष्ट्र बैंकको सूचना तथा संचार महाशाखाका अनुसार ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ का सम्बन्धमा पत्रकार सम्मेलन आयोजना गरिएको हो।

राष्ट्र बैंकले हरेक महिना  ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गर्ने गरेको छ । यस अघि राष्ट्र बैंकले वेबसाइट मार्फत नै  ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गर्ने गरेकोमा आज भने पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्न लागेको हो। राष्ट्र बैंकले चालु आर्थिक वर्षको ८ महिना अवधि अर्थात् फागुनसम्मको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *