नविल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं ! नविल बैंक लिमिटेडले १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएकाले बैंकले सो सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्नको लागि बैकले यसअघि नै विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकतामा राखी सार्वजनिक सूचना प्रकाशन गरेको थियो । तर, सो सेयर खरिदका लागि कुनै आवेदन नपरेकाले अब बैंकका विद्यमान संस्थापक सेयरधनीहरु लगायत अन्य व्यक्ति,संस्था तथा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *