कृषि विकास बैंकको साधारणसभा आज हुँदै : यस्ता छन् एजेण्डाहरु

काठमाडौं ! कृषि विकास बैंकले आज चैत्र १४ गते साधारणसभा गर्दै छ । कम्पनीले भक्तपुरको बोडे स्थिति बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा  सभा गर्न लागेको हो  ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट २ प्रतिशत बोनस शेयर र  ११ प्रतिशत नगद  लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन ३० देखि चैत्र १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन २९ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: 

सामान्य प्रस्तावहरु :

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८ / ०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८ / ०७९ को वासलात, सोही अवधिको नाफा नोक्सान हिसाव, ईक्विटीमा भएको परिवर्तन, नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूचीहरु लगायत वार्षिक आर्थिक विवरणहरु छलफल गरी पारित गर्ने ।

३. यस बैकको सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी लि. तथा गोबर ग्याँस कम्पनी र सम्बद्ध कम्पनी साना किसान विकास लघुवित्त वित्तीय संस्था को आ.व. २०७८ / ०७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने ।

३. सञ्चालक समितिको प्रस्ताव बमोजिम साधारण शेयरको चुक्ता पूँजीमा बोनस प्रदान गर्दा बोनश शेयरमा लाग्ने कर प्रयोजन समेत गरि प्रति शेयर ११ प्रतिशत नगद लाभांश र अविमोच्य असचिति अग्राधिकार (Non Convertible Irredeemable Preference Share) शेयरधनीलाई चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृत गर्ने ।

४. आर्थिक वर्ष २०७९/८० को लागि महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षक नियुक्तिको लागि परामर्श प्राप्त हुने लेखापरीक्षकलाई यस बैकको लेखापरीक्षकमा नियुक्ति गर्ने तथा पारिश्रमिक र सेवा शर्त तोक्ने ।

५. बैंकको नियमावलीको नियम १२ को उप-नियम (२) को खण्ड (ख) मा व्यवस्था भए अनुसार समूह “ख” का सर्वसाधरण शेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकहरुको निर्वाचन गर्ने  ।

विशेष प्रस्तावहरु :

१. साधारण शेयरधनीहरुलाई साधारण चुक्ता पूँजीको २ प्रतिशत बोनस शेयर प्रदान गर्ने सम्बन्धी संचालक समितिको प्रस्ताव पारित गर्ने ।

२. विशेष प्रस्ताव नं. (१) बमोजिमको बोनस शेयर प्रस्ताव गरिएकोमा सो समेत समायोजन हुने गरि बैकको जारी र चुक्तापूँजी वृद्धि गर्ने विषयहरु समावेश गरिएको बैंकको प्रबन्धपत्र र नियमावलीको तत्सम्बन्धि दफा / नियम एवं उप दफा / उप-नियमहरु संशोधन तथा थप गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

३. पूँजी वृद्धि सम्बन्धी बैंकको प्रबन्धपत्रको दफा ५ को उपदफा (२) र (३) तथा दफा ७ को उपदफा (२) को खण्ड (क) र (ख) मा संशोधन तथा थप गर्ने सम्बन्धी सञ्चालक समितिको प्रस्ताव स्वीकृत गर्ने ।

४. पूँजी वृद्धि सम्बन्धी बैंकको नियमावलीको नियम ५ को उप-नियम (२) र (३), नियम ७ को उपनियम (१) को खण्ड (क) र (ख) मा संशोधन तथा थप गर्ने सम्बन्धी सञ्चालक समितिको प्रस्ताव स्वीकृत गर्ने ।

५. प्रबन्धपत्र तथा नियमावलीमा प्रचलित कानून बमोजिम संशोधन गर्नु पर्ने भएमा वा नियमनकारी निकायबाट संशोधन गर्न निर्देशन भएमा आवश्यकता अनुसार ‘सोमा थपघट, परिमार्जन तथा संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *