कृषि विकास बैंकद्वारा तिनकौरीयामा वित्तीय साक्षरता कार्यक्रम संचालन

काठमाडौं ! कृषि विकास बैंकले धनुषाको विदेह नगरपालिका वडा नं. ०६ स्थित जनता नमूना प्राविधिक माध्यमिक विद्यालय तिनकौरीयामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको मधेश प्रदेश कार्यालयको आयोजनामा चैत १० गते वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ ।

ग्लोबल मनी सप्ताहका अवसर पारेर बैंकद्वारा आयोजित कार्यक्रममा नमूना माध्यमिक विद्यालयमा विभिन्न संकायमा स्नातक तहमा अध्ययनरत विद्यार्थी, शिक्षक, आसपासका अभिभावक, कृषक समूहका सदस्यहरु, आमा समूहका महिलाहरु लगायतको सहभागिता रहेको कृषि विकास बैंक मधेश प्रदेश कार्यालयका सूचना अधिकारी जयराम शर्माले जानकारी दिए । करिब ७५ जनाको सहभागिता रहेको कार्यक्रममा प्रमुख अतिथि बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले प्रशिक्षण दिएका थिए।

कार्यक्रममा प्रशिक्षण दिदै उपमहाप्रबन्धक सुवेदीले विश्व आर्थिक मन्दि चलिरहेको सन्दर्भमा नेपालमा यसको नकारात्मक असर पर्न नदिनको लागि हरेक व्यक्तिले आर्थिक कारोबारमा अनुशासन कायम गर्नुपर्नेमा जोड दिए । आर्थिक गतिविधिमा संलग्न गृहणी देखि घरमूली सम्म सबैले बचतको बानी विकास गर्नुपर्ने, विलाशि वस्तुको मात्र उपभोग बढाउनुभन्दा उत्पादनमूलक क्षेत्रमा पूँजी परिचालन गर्न सुझाव दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *