राष्ट्र बैंकद्वारा ८० सालको बैंक विदाको सूची सार्वजनिक

काठमाडौं ! नेपाल राष्ट्र बैंकले २०८० सालमा हुने बैंक विदाको सूची सार्वजनिक गरेको छ । राष्ट बैंकको जनशक्ति विभागले २०८० सालमा हुने बैंकविदाको सुची सार्वजनिक गरेको हो ।

जसअनुसार बैंकले शनिवार बाहेक ३५ दिन विदा कायम गरेको छ । नेपाल सरकारले २०८० सालमा हुने सार्वजनिक विदाको सूची सार्वजनिक गरेपछि राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाको लागि बैंक विदाको सूची सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले कार्यालय समय पनि तोकेको छ। जस अनुसार २०८० वैशाख १ गतेदेखि २०८० कार्तिक १५ गतेसम्म तथा २०८० माघ १६ गतेदेखि २०८० चैत्र मसान्तसम्म बिहान १०:०० बजेदेखि अपरान्ह ५:०० वजेसम्म कार्यालय समय कायम हुने छ। त्यस्तै २०८० कार्तिक १६ गतेदेखि २०८० माघ १५ गतेसम्म विहान १०:०० वजेदेखि अपरान्ह ४:०० वजेसम्म कार्यालय समय कायम गरिएको छ । प्रत्येक शुक्रवार विहान १०:०० वजेदेखि अपरान्ह १:३० वजेसम्म कार्यालय समय कायम गरिएको छ ।

बैंकिङ कारोबार समय भने २०८० वैशाख १ गतेदेखि २०८० कार्तिक १५ गतेसम्म तथा २०८० माघ १६ गतेदेखि २०८० चैत्र मसान्तसम्म बिहान १०:०० बजेदेखि अपरान्ह ४:०० वजेसम्म कायम गरिएको छ। २०८० कार्तिक १६ गतेदेखि २०८० माघ १५ गतेसम्म बैंकिङ कारोबार समय विहान १०:०० वजेदेखि अपरान्ह ३:०० वजेसम्म कायम गरिएको छ ।

प्रदेश सरकारले आ-आफनो प्रदेशमा घोषणा गरेको सार्वजनिक विदाका दिन बढीमा ६ दिन सम्बन्धित प्रदेशमा रहेका कार्यालयमा सार्वजनिक विदा हुने छ । काठमाडौँ उपत्यकाको हकमा भने गृह मन्त्रालयको निर्णय बमोजिम हुने राष्ट्र बैंकले जनाएको छ  ।

हेर्नुस् विदाको सूची :

Leave a Reply

Your email address will not be published. Required fields are marked *