राष्ट्रिय वाणिज्य बैँक र नेपाल रेमिटबीच व्यवसायिक सम्झौता

काठमाडौं ! नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँकबिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौता भएको छ ।   यस सम्झौता पत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय वाणिज्य बैँक लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपाल रेमिट मार्फत विश्वका बिभिन्न स्थानहरुबाट बैँकिङ्ग च्यानल मार्फत पठाएको रकम देशको ७७ जिल्लामा नै सम्बन्धित व्यक्तिले बैँकको शाखा कार्यलय मार्फत सरल तरिकाबाट रकम प्राप्त गर्न सक्नेछन् । यसका साथै राष्ट्रिय वाणिज्य बैँकसँगको सम्झौता सँगै नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. ले अब देशभर १२००० भन्दा बाढि स्थानबाट आफ्नो सेवा जनतामाझ प्रदान गर्न सक्ने बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *