राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबीच व्यवसायिक सम्झौता सम्पन्न

काठमाडौं ! राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबीच सम्झौता भएको छ।  दुई संस्थाबीच सहकार्य, कार्यगत एकता, आपसी सहयोग र दुबै पक्षका बीचमा हुने बिभिन्न किसिमका कारोवारलाई निरन्तरता दिने र दुवै संस्था बीचको सुमधुर सम्बन्धलाई भविष्यमा अझ थप मजबुत बनाउदै डिजिटल प्रबिधिको उच्चतम प्रयोगमा जोड दिने उद्देश्यले सम्झौता भएको हो।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कोषका कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कोषले विभिन्न योजनाका सहभागी योगदानकर्ता कार्यालयहरुको योगदान रकम संकलन गर्नका लागि यस अघि देखि राष्ट्रसेवक कर्मचारीहरुको कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रम र राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा कार्यक्रमको कट्टी रकम लाई CGAS (Computerized Government Accounting System)  प्रणालीबाट सहभागीहरुको कट्टी रकम पठाउंदै आएको कार्यलाई निरन्तरता दिने छ। त्यस्तै कोषले विकसित गरेको वेबमा आधारित ईसर्भिस सफ्टवेयरबाट कर्मचारी बचत वृद्धि अवकाश कोष लगायत अन्य कार्यक्रमको योगदान रकम कट्टी गर्ने अन्य संगठित संस्थामा कार्यरत कर्मचारीहरुको फाँटवारी प्रविष्ट गरिसकेपछि सहभागी योगदानकर्ता कार्यालयले सब्मिसन नम्बर तथा कार्यालय कोड सहितको पेमेन्ट स्लिप र आफ्नो चेक वा नगद राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका शाखाहरुमा पेश गरेको अवस्थामा सम्बन्धित सहभागीको खाताबाट रकम कट्टी गरी सबै बैंक शाखाहरुले सब्मिसन स्लिप र कार्यालय कोड प्रयोग गरी नेपाल क्लियरिङ्ग हाउसको बैंक सेन्ट्रल सफ्टवेयर मार्फत बैंकमा रहेको कोषकोे खातामा जम्मा गरिदिने बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *