लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधान गर्न राष्ट्र बैंकले बनायो समिति

काठमाडौं ! नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थामा पछिल्लो समय देखिएका समस्याहरुको पहिचान तथा समाधानका लागि अध्ययन समिति गठन गरेको छ। राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले आर्थिक अनुसन्धान विभाग प्रमुख प्रकाश श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो ।

अध्ययन समितिमा दुई जना स्वतन्त्र विज्ञ, राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक, लघुवित्त संस्था सुपरभिजन विभागका निर्देशक र नेपाल लघुवित्त बैंकर्स संघको एक जना प्रतिनिधी सदस्य रहने तय भएको छ। समितिमा आर्थिक अनुसन्धान विभागका निर्देशकलाई सदस्य सचिवको जिम्मेवारी दिईएको छ।

समितिलाई लघु वित्त क्षेत्रका समस्या समाधानका लागि केन्द्रीय बैंकले लिनु पर्ने नीतिगत व्यवस्थाका विषयमा अध्ययन गरि ६ महिना भित्र सुझाव दिने जिम्मेवारी दिइएको छ ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बसेको बैंक तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धि बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्त वित्तीय संस्थामा पछिल्लो समय देखिएका समस्याहरुको पहिचान तथा समाधानका लागि अध्ययन समिति गठन भई काम सुरु भईसकेको बताएका थिए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *