रङ्गेलीमा कृषि बैकको एटीएम संचालन

काठमाडौं ! कृषि विकास बैंक लिमिटेडले आफ्नो रङ्गेली शाखामा एटीएम संचालन गरेको छ । बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदी तथा रङ्गेली नगरपालिकाका प्रमुख दिलिप अग्रवालले शुक्रवार संयुक्त रुपमा एटीएम सेवाको उद्घाटन गर्दै औपचारिक सुरुवात गरेका थिए । सो अवसरमा उपमहाप्रबन्धक सुवेदी तथा नगरप्रमुख अग्रवालले एटीएमको महत्व बारे प्रकाश पारेका थिए । बैंकका कोसी प्रदेश कार्यालय निर्देशक रन्जन खनालले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा योजना बिभाग काठमाडौका वरिष्ठ शाखा प्रमुख बेदानन्द दाहाल, शाखा कार्यालय रङ्गेलीका प्रबन्धक उग्रसेन खा थारु, कर्मचारीहरु,ग्राहक तथा स्थानीयको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *