कृषि विकास बैंकले आह्वान गर्‍यो साधारणसभा

काठमाडौं ! कृषि विकास बैंकले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र १४ गते भक्तपुरको बोडे स्थिति बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा  सभा आह्वान गरेको हो  ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट २ प्रतिशत बोनस शेयर र  ११ प्रतिशत नगद  लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन ३० देखि चैत्र १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन २९ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *