नबिल बैंकले ३ लाख कित्ता संस्थापक सेयर गर्‍यो विक्री

काठमाडौं । नबिल बैंक लिमिटेडले ३ लाख कित्ता संस्थापक शेयर विक्री गरेको छ । कम्पनीले आजदेखि बिक्री गरेको उक्त संस्थापक सेयर इच्छुक विद्यमान संस्थापक शेयरधनी, अन्य व्यक्ति तथा संगठित संघसंस्थाहरूले बोलपत्र पेश गर्न सक्नेछन् ।

प्रतिकित्ता ४७५ रुपैयाँ तोकिएको यस शेयर खरीदका लागि फागुन २५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न सक्नेछन् ।

सेयर विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *