काठमाडौं ! कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त भएका छन्। बैंकको संचालक समितिले गुरुङलाई आगामी चार बर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।
गुरुङले यहि सोमबारदेखि पदभार सम्हाल्नेछन्।
म्यानम्यारको म्यानम्यार सिटिजन्स बैंकमा प्रमुख कार्यकारीको भूमिका निर्वाह गरिरहेका गुरुङ एक महिना अगाडी मात्रै उक्त बैंकबाट राजिनामा दिएर नेपाल फर्किएका हुन्। म्यान्म्यार जानुअगाडी गुरुङ सिभिल बैंकको प्रमुख कार्यकारी थिए।
बैंकिंङ क्षेत्रले कृषि क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने र त्यसमा कृषि विकास बैंकले झनै ठुलो भूमिका निर्वाह गर्न सक्ने भएकाले आफुले कृषि विकास बैंक रोजेको गुरुङले