कृषि विकास बैंकको सीईओ पदका लागि ५ जनाको नाम सर्टलिस्ट

काठमाडौ ! कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ५ जनाको नाम सर्टलिस्ट भएको छ । प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि सिफारिस उपसमितिले उम्मेदवारको शैक्षिक योग्यता तथा कार्यानुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा ५ जनाको नाम सर्टलिस्ट गरेको हो  ।

सर्टलिस्ट हुनेमा गोबिन्द गुरुङ, प्रताप सुवेदी, बद्रि कुमार गुरागाई, यज्ञ प्रसाद न्यौपाने र विष्णु देव यादव रहेका छन्  । उपसमितिले अब सर्टलिस्ट भएकाहरुको प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि फागुन ६ गते शनिवारको समय तोकेको छ  । प्रस्तुतीकरण र अन्तर्वार्ताको नतिजापछि यी ५ मध्ये १ जना बैंकको सीइओ नियुक्त हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *