विदेशबाट आईपिओ भर्नको लागि सहजीकरण गर्न कृषि बैंकले ल्यायो मातृभूमि वचत खाता

काठमाडौं ! कृषि विकास बैंकले ५६ औ वार्षिकोत्सवको अवसरमा ‘मातृभूमि वचत खाता’ जारी गरको छ । नेपाल धितोपत्र वोर्डले बैंदेशिक रोजगारीमा रहेका नेपालीका लागि आरक्षण गरेको प्राथमिक निष्कासन हुने सेयर आवेदन गर्न सहजीकरणका लागि बैंकले उच्चतम व्याजदर प्रदान गर्ने गरी ‘मातृभूमि बचत खाता’ संचालनमा ल्याएको बैंकले जनाएको छ ।

 

बैंकका अनुसार बैदेशिक रोजगारीमा रहेका नेपालीले बैदेशिक रोजगार स्वीकृति पत्र तथा नेपालमा बैंक मार्फत् रकम पठाएको कागजातका अतिरिक्त नेपाली नागरिकताको फोटोकपी लगायत ग्राहक पहिचानका कागजात समावेश गरी खाता खोल्न सक्नेछन् । यो खाता अनलाइनका माध्यमबाट खोली ग्राहक पहिचान विवरण समावेश गर्न सकिनेछ ।

बैदेशिक रोजगारीमा गएका नेपालीले आर्जन गरेको रकम नेपालको पूँजी वजारमा लगानी गरी देशको पूँजीवजार बलियो वनाउने सरकारी नीतिमा योगदान दिन निक्षेपको यो प्रोडक्ट संचालनमा ल्याएको बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले बताए । निक्षेपको यो प्रोडक्टले बैदेशिक रोजगारीमा गएका नेपालीको लागि आरक्षण गरेको सेयर दरखास्त दिन सहज हुने र खाता खोल्ने ग्राहकहरुले अनलाइनका माध्यबाटै मेरो सेयर, डिम्याट तथा सि.आर.एन.नम्वर प्राप्त गर्ने उनले बताए ।

यो खाता सँगै बैंकका निक्षेपका प्रोडक्टहरुमा विविधता कायम भएको बैंकले जनाएको छ । बैंकले यसअघि वा–आमा वचत खाता, चेतनशील नारी वचत खाता, सम्वृद्धी वचत खाता, कृषक वचत खाता, एन.आर.एन.वचत खाता, सेयर होल्डर वचत खाता लगायतका वचत खाताका प्रोडक्ट पेपर जारी गरी निक्षेप स्वीकार गरिरहेको बैंकका विभागीय प्रमुख मिनराज पोखरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *