कृषि बिकास बैंकको ५६ औँ वार्षिक उत्सव : रक्तदान गरेर मनाइयो

काठमाडौं । कृषि बिकास बैंक लि.को ५६ औँ वार्षिक उत्सवको अवसरमा कृषि बिकास बैंक कर्मचारी संघ नेपाल, मुख्य कार्यालय समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बैंक कर्मचारी संघ नेपाल, मुख्य कार्यालय समितिका संयोजक राम बहादुर लामाले अध्यक्षतामा उक्त कार्यक्र सम्पन्न भएको हो । कार्र्यक्रम सह–संयोजक सुरेश कुमार क्षेत्रीले सञ्चालन गरेका थिए ।

पेशागत महासंघ नेपालका संयोजक बाबुराम थापाको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा अतिथिको रुपमा पेशागत महासंघ नेपालका सह–संयोजक दयाराम बस्याल, सचिवालय सदस्य मधुरेन्द्र झा, बैंकका संचालक समिति सदस्य संजिव पौडेल, बैकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुबेदी, बैंक, बिमा तथा बित्तीय क्षेत्र कर्मचारी संघ नेपालका अध्यक्ष धर्म प्रसाद मैनाली, कृषि बिकास बैंक कर्मचारी संघ नेपालका संयोजक लिला जि.सी. लगायत बैंकका उच्च पदस्थ कर्मचारीहरु, युनियनका प्रतिनिधिहरुलगायत उपत्यकाभित्र रहेका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि तथा अतितिहरुले रक्तदातालाई रक्तदान गर्ने सामग्री हस्तान्तरण गरि संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा १ सय ४७ जना रक्तदाताले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाईटीले सहजीकरण गरेको उक्त कार्र्यक्रम हरेक वर्ष बैंक दिवसको अवसरमा कृषि बिकास बैंक कर्मचारी संघ नेपालले आयोजना गर्ने गरेको कृषि बिकास बैंक कर्मचारी संघ, नेपालका संगठन विभाग प्रमुख छगेन्द्र आचार्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *