घट्यो ट्रेजरी बिल्सको ब्याजदर

काठमाडौं । मंगलबार ट्रेजरी बिल्सको ब्याजदर घटेको छ । नेपाल राष्ट्र बैंकले बोलकबोल गरेको ५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल्स नवीकरणका लागि बोलकबोल गरेकोमा १० दशमलव ५८ प्रतिशत ब्याजदर कायम भएको छ ।

आर्थिक अभियान दैनिकका अनुसार ९१ दिन अवधिको ट्रेजरी बिल्समा यो हालसम्मकै न्यून ब्याजदर हो । यसअघि जारी भएको ९१ दिने ट्रेजरीमा १० दशमलव ६० प्रतिशत ब्याजदर कायम भएको थियो ।

बैंक, वित्तीय संस्थामा लगानीयोग्य पूँजीको अवस्था केही सहज भएपछि सरकारको अल्पकालीन ऋणपत्र ट्रेजरी बिल्सको ब्याजदर घटिरहेको छ । गत बिहीबारसम्ममा बैंक, वित्तीय संस्थाको निक्षेप ५३ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ ।

अघिल्लो दिनको तुलनामा १२ अर्ब निक्षेप वृद्धि हुँदा कर्जा प्रवाह पनि ६ अर्ब वृद्धि भई ४७ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ ।

निक्षेप वृद्धिसँगै बैंकहरुको निक्षेप–कर्जाको अनुपात ९सीडी रेसियो० पनि ८६ दशमलव ५७ प्रतिशतबाट घटेर ८६ दशमलव ४७ प्रतिशत कायम भएको छ ।

अन्तरबैंक ब्याजदर पनि घटेर ५ दशमलव ९५ प्रतिशत कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *