नबिल बैंकको ३८ औँ वार्षिक साधारणसभाले ३० प्रतिशत लाभांश पारित

काठमाडौं । नबिल बैंकको ३८ औँ वार्षिक साधारणसभाले ३० प्रतिशत लाभांश पारित गरको छ ।

आज सम्पन्न साधरणसभाले आफ्ना सेयरधनीलाई कूल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले मुलाफाबाट गत असार मसान्तसम्मको कायम चुक्ता पुँजीको आधारमा सेयरधनीलाई १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

साथै, उक्त साधरणसभाले संस्थापक सेयरधनी समूहतर्फका तीन पदको लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस शकिबलाई सञ्चालक समितिमा निर्वाचित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *