कोष व्यवस्थापन कम्पनी लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं ! कृषि विकास बैंक लिमिटेडबाट संस्थापित,प्रबर्द्धित तथा व्यवस्थित कोष व्यवस्थापन लिमिटेडको छैटौं बार्षिक साधारण सभा हिजो शनिबार कृषि विकास बैंकको मुख्य कार्यालयको सभा हलमा भव्यताका साथ सम्पन्न भयो। कोष व्यवस्थापन समितिका अध्यक्ष तथा कृषि विकास बैंक लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीको अध्यक्षतामा बसेको उक्त साधारण सभामा उक्त कम्पनीका संचालकहरु मीनराज पोखरेल,सुशिल हुमागाई,सूर्य प्रकाश हाडा,दिल बस्नेत तथा उक्त कोषका महाप्रबन्धक मनोजभक्त आचार्य,कम्पनी रजिस्ट्रार कार्यालयका प्रतिनिधिहरु तथा अधिकांश शेयरधनीहरुको उपस्थिति रहेको थियो।

कम्पनीका अध्यक्ष प्रताप सुवेदीबाट पानसमा बत्ति बाली उद्घाटन गरिएको उक्त साधारण सभामा कम्पनीका अध्यक्षले पेश गरेको आ.व. २०७८/०७९ को बार्षिक प्रतिवेदन तथा उक्त अवधिको वित्तीय विवरण माथि शेयरधनीहरुको तर्फबाट कृषि विकास बैंक लिमिटेडका प्रतिनिधि तथा बैंकका कम्पनी सचिव हिमलाल पौडेल,कोषका पूर्व महाप्रबन्धक तथा शेयरधनी डा.राजन थापा र शेयरधनी जनार्दनबाबु कट्टेलले आ-आफ्ना धारणाहरु राख्नुका साथै कम्पनीको प्रगति तथा साधारण सभाको सफलताको शुभकामना दिनु भएको थियो। शेयरधनीहरुले उठाएका जिज्ञासाको जवाफका साथै कोषको सबल पक्षहरु तथा कोषले आगामी दिनमा गर्न लागेको कार्यहरुको बिसयमा अध्यक्षले आफ्नो धारणा राख्नु भएको थियो। उक्त साधारण सभाको संचालन कम्पनी सचिव व्यास कुमार शर्माले सम्पन्न गर्नु भएको थियो। छैटौं साधारण सभाले अध्यक्षको बार्षिक प्रतिवेदन,कम्पनीको वित्तीय विवरण अनुमोदन गर्नुका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको संशोधन समेत गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *