कृषि बैंकको सहयोगमा मनोसामाजिक समस्या समाधान सम्बन्धी दुृई दिने तालिम

काठमाडौं ! अपाङ्गता अधिकारका लागि महिला समूहले अपाङ्गता भएका बच्चाहरुका अभिभावकहरुलाई अपाङ्गताका विभिन्न आयाम र धेरै मनोसामाजिक समस्या र समाधानका बारेमा दुई दिने तालिम कार्यक्रमको आयोजना गरेको छ ।

पुस ११ र १२ गते दुई दिनसम्म सञ्चालन भएको उक्त तालिम कार्यक्रमले मनोसामाजिक समस्यालाई समेटेको थियो । मनोविज्ञानलाई कसरी पढ्ने र उनीहरुको समस्यालाई कसरी लिने जस्ता विषयमा उक्त तालिममा छलफल गरिएको थियो । विगत ३५ वर्षदेखि अपाङ्गता क्षेत्रमा काम गर्दै आउनुभएका समुदायमा आधारित पुनर्स्थापना केन्द्र (सी.बी.आर.) मा आबद्ध विधा राजभण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त तालिम कार्यक्रम अपाङ्गता अधिकारका लागि महिला समूहकी अध्यक्ष अमरा अर्यालको अध्यक्षतामा भएको थियो । कृषि विकास बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सञ्चालन गरिएको उक्त तालिम कार्यक्रममा हरि लम्साल,सुस्मीरा अर्याल तथा यलिना उप्रेतीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *