विभिन्न कार्यक्रम गर्दै कृषि विकास बैकले आफ्नो ५६ औं वार्षिकोत्सव मनाउंदै

काठमाडौं ! कृषि विकास बैक लिमिटेडले आगामी माघ ०७ गते आफ्नो स्थापनाको ५६ औं वार्षिकोत्सव मनाउन लागिरहेको छ । बैकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुबेदीको अध्यक्षतामा आज मंगलबार बैकको मुख्य कार्यालयमा बसेको बैठकले ५६ औं वार्षिकोत्सव भव्य किसिमले मनाउने निर्णय गरेको हो ।

वार्षिकोत्सब भव्यताका साथ मनाउन निमित्त प्रमुख कार्यकारी अधिकृत सुबेदीको संयोजक्त्वमा ५६ औं वार्षिकोत्सब मुल समारोह समिति तथा उपमहाप्रबन्धहरुको संयोजकत्वमा बिभिन्न उपसमितिहरु गठन गरिएको छ । बैठकमा बैकका उपमहाप्रबन्धहरु, बिभागीय प्रमुखहरु, बैकमा कृयाशील युनियनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *