कृषि विकास बैंकका सिइओ उपाध्यायको विदाइ

काठमाडौं ! नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष एवम् कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कृषि विकास बैंक लि.मा आफ्नो चारवर्षे कार्यकाल पूरा गरेका छन् । सोमवार (२०७९-०९-११) बैंक व्यवस्थापनले बैंकको मुख्य कार्यालयमा सिइओ उपाध्यायको विदाइ कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै उपाध्यायले यही बैंकले आफूलाई सिइओ तथा नेपाल बैंकर्स एशोशिएशनको नेतृत्वसम्म पु¥याएकोमा सन्तोष व्यक्त गर्नुभयो । बैंकरले बैंकिङ्ग संस्कृतिलाई छोड्नु नहुने बताउँदै उनले आफ्नो कार्यकालमा कृषि विकास बैंकले डिजिटल बैंकिङ्गमा ठूलो उपलब्धी हासिल गरेको बताए । बैंकको जनशक्तिलाई प्रशिक्षित गर्नुपर्ने बताउँदै उनले काम गर्ने कर्मचारीको गल्ती हुने र उसले अपजस पाउने हुँदा त्यसबाट हतोत्साही नभई काम गर्न कर्मचारीहरुलाई सल्लाह दिनुभयो ।
आफ्नो कार्यकालमा बैंकको सम्पत्ति संरक्षणमा विशेष पहल भएको बताउँदै आफूलाई बैंकको कार्यमा सहयोग गर्ने नेपाल सरकार, बैंक
सञ्चालक समिति, बैंकका क्रियाशील युनियनहरु ल्गायत सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुबेदीले निवर्तमान प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बैंकमा दिनुभएको योगदानको लागि हार्दिक कतज्ञता व्यक्त गर्नुभयो । बैंकका उपमहाप्रबन्धकहरु, प्रदेश कार्यालयका मुख्य निर्देशक, विभागीय प्रमुखहरु लगायत अन्य कर्मचारीहरुको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन जनशक्ति व्यवस्थापनका वरिष्ठ शाखा प्रमुख कृष्णप्रसाद नेपालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *