राष्ट्रिय वाणिज्य बैंकले गर्‍यो लाभांश घोषणा

काठमाडौं ! राष्ट्रिय वाणिज्य बैंकले लाभाश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र ७.५० प्रतिशत नगद लाभांश गरि कुल १२.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले साधारणसभा पनि आह्वान गरेको छ । बैंकले पुस २८ गते बिहिबार साधारणसभा आह्वान गरेको हो ।

बैंकमा नेपाल सरकारले थप १ अर्ब लगानी गर्ने भएको छ। साधारणसभाको विशेष प्रस्तावमा भनिएको छ ‘  नेपाल सरकारबाट यस बैंकको शेयर पुँजीमा लगानी बापत प्राप्त रकम रु. १,००,००,००,०००।– (अक्षरुपी एक अर्ब मात्र) बैंंकको जारी पुँजी र चुक्ता पुँजीमा थप गर्ने।’ सोहि अनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि साधारणसभामा पेश हुने छ ।

राष्ट्रिय वाणिज्य बैंक नेपाल स्टक एक्सचेन्जमा सुचिकृत छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *