नबिल बैंकले शेयरधनीलाई आकर्षक लाभांश दिने

काठमाडौं ! नबिल बैंकले शेयरधनीलाई आकर्षक लाभांश वितरण गर्ने भएको छ । शेयरधनीलाई ३० प्रतिशत लाभांश दिने भएको छ ।

आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीलाई उक्त परिमाणको लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्तावित लाभांशमध्ये हाल कायम चुक्ता पुँजीको १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *