अन्तर बैंक क्रीकेट प्रतियोगिताको ट्रफी कृषि विकास बैंकलाई (फोटोफिचर)

काठमाडौं ! अन्तर बैंक प्रदेश स्तरीय क्रीकेट प्रतियोगिता शनिवार(मङ्सिर २४ गते) जनकपुरधाममा सम्पन्न भएको छ । तीन दिन चलेको उक्त प्रतियोगितामा विभिन्न बैंकबाट प्रतिष्पर्धीहरुको सहभागिता रहेको थियो । शनिवार सम्पन्न फाइनल खेलमा सिभिल बैंकलाई हराउँदै कृषि विकास बैंक बिजेता भएको छ । बिजेता कृषि विकास बैंकले १२ ओभरमा ६ विकेट गुमाउँदै ९२ रन बनाउदा प्रतिद्वन्दी सिभिल बैंकले १२ ओभरमा १० विकेट गुमाउँदै ७० रन बनाएको थियो । नेपाल राष्ट्र बैंक कर्मचारी संघ, जनकपुर समितिद्वारा आयोजित उक्त प्रतियोगितामा सिभिल बैंकका सुनिलकुमार यादवले बेस्ट ब्याट्स्म्यानको उपाधि पाएका थिए भने कृषि विकास बैंकका निरजकुमार तिवारीले बेस्ट बलरको उपाधि पाएका थिए ।

त्यस्तै म्यान अफ द टुर्नामेन्ट सिभिल बैंकका राजनकुमार साह भएका थिए । शौरभकुमार झा क्याप्टेन रहेको बिजेता कृषि विकास बैंक लिमिटेडका अन्य खेलाडीहरुमा प्रशान्त राय,प्रबिण पौडेल, सागर उपाध्याय, प्रबिण झा, निरज तिवारी, सुशान्त द्विबेदी, कृष्णप्रसाद साह, जितेन्द्र पाशवान, गौतम झा, अभिषेक राय, कृष्णराज साह तथा मनिषकुमार चौधरी रहेका थिए । खेल समापन पश्चात आयोजित कार्यक्रममा आयोजकका तर्फबाट रुद्र तिमल्सिना त्था सियाराम यादवले बिजेता कृषि विकास बैंक तथा उपबिजेता सिभिल बैंकलाई ट्रफी तथा नगद पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा कृषि विकास बैंक लिमिटेड मधेश प्रदेश कार्यालयका निर्देशक नवीन पाख्रीङ्ले बिजेता खेलाडीहरुलाई बधाइ तथा शुभकामना ब्यक्त गर्नुभएको थियो ।                                   

Leave a Reply

Your email address will not be published. Required fields are marked *