कृषि बैंकका सिईओ उपाध्याय सम्मानित

काठमाडौं ! राजधानीमा गतअसोज ९ गते भएको एक विशेष कार्यक्रममा कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय सम्मानित हुनुभएको छ । बैंक तथा बित्तीय विशेष सम्मानबाट उपाध्याय सम्मानित हुनुभएको हो । समृद्धिका लागि आफ्नो कौशलता प्रदान गरी वित्तीय क्षेत्रमा ३३ वर्षसम्म अनवरत विषेश योगदान गर्नुभएका उपाध्यायलाई कार्यक्रमका प्रमुख अतिथि उपराष्टपति नन्दबहादुर पुनले सम्मानित गर्नुभएको हो । ए.एम.एस.म्युजिक एण्ड इन्टरटेन्मेन्ट प्रा.लि.ले राजधानीको हयात होटलमा  आयोजना गरेको उक्त कार्यक्रममा बैंक तथा बित्तीय तथा बीमा क्षेत्रको प्रतिनिधिको रुपमा उपाध्यायलाई सम्मान गरिएको हो ।  नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ विशिष्ट अतिथि रहेको उक्त कार्यक्रममा बिभिन्न क्षेत्रमा विशेष योगदान गर्ने महानुभावहरुको उपस्थिति रहनुका साथै निजहरुलाई समेत सम्मानित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *