कृषि विकास बैंकको निक्षेप योजना

काठमाडौं ! बैंकिङ क्षेत्रमा जनताको मन जित्न सफल कृषि विकास बैंकले ग्राहकहरुका लागि विभिन्न किसिमका बचत योजनाहरु ल्याएको छ। यस बैंकले सबैभन्दा बढी जनताको सहभागिता होस् र उनीहरुको आर्थिक समुन्नति होस् भन्ने धेयका साथ यस्ता बचत योजनाहरु ल्याएको हो। कृषि विकास बैंक ऎन,२०२४ अन्तर्गत २०२४ माघ ७ गते स्थापना भएको यस् बैंकले कृषि क्षेत्रमा सुलभ र सरल पद्धति अपनाउँदै पुँजी तथा ऋण उपलब्ध गराउँदै आएको छ। यस बैंकले बचततर्फ पनि ग्राहकहरुलाई आकर्षक ब्याज दिंदै आएको छ। कृषि विकास बैंकले हाल ग्राहकहरुका लागि ल्याएका विभिन्न बचत योजनाहरु यस्ता छन् :

बचत निक्षेप खाता

यस बचत निक्षेप खाता योजना अन्तर्गत विभिन्न प्रकारका सेवाहरु रहेका छन् । जसअन्तर्गत सामान्य बचत खाता ,समद्धि बचत खाता,बा-आमा बचत खाता,चेतनशील नारी बचत खाता,कृषि बचत खाता,शेयरहोल्डर बचत खाता,स्टाफ रिटायर्डमेन्ट बचत खाता,सबै नेपालीको बचत खाता,कल करेन्ट बचत खाता,कल अकाउन्ट बचत खाता जस्ता आकर्षक योजनाहरु रहेका छन् । यी खाता खोल्दा ग्राहकहरुले प्रायः सबै बचत खातामा नि:शुल्क चेकबुक र स्टेटमेन्ट,कुनैपनि बैंकिङ शाखाबाट सेवा लिन सकिने,भिसा डेबिट कार्ड सुविधा,नि:शुल्क एसएमएस अलर्ट सुविधा,मोबाइल बैंकिङ सुविधा,इन्टरनेट बैंकिङ सुविधा, लकर चार्जमा छुट जस्ता सेवा सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

फिक्स्ड डिपोजिट बचत खाता

बैंकले ग्राहकहरुमा यस बचत खाता अन्तर्गत विभिन्न सेवाहरु प्रदान गरेको छ। फिक्स्ड डिपोजिट बचत खाता अन्तर्गत सामन्य फिक्स्ड डिपोजिट बचत खाता,रेमिट्यान्स फिक्स्ड डिपोजिट बचत खाता,स्पेसल फिक्स्ड डिपोजित बचत खाता,मेरो खुसी मेरो भबिष्य फिक्स्ड डिपोजिट बचत खाता,सेवानिवृत कर्मचारी फिक्स्ड डिपोजिट बचत खाता,एनआरएनए फरेन करेन्सी फिक्स्ड डिपोजिट बचत खाता, कर्पोरेट फिक्स्ड डिपोजिट बचत खाता,फिक्स्ड डिपोजिट युएसडी बचत खाता,अक्षयकोष बचत खाता,छोरी छोरा जीवन समुन्नत खाता,एडिबीएल रिकरिङ बचत खाता,लखपति/करोडपति धमाका मुद्दति खाता रहेका छन् । बैंकले यी सबै सेवाहरुमा ग्राहकहरुलाई आकर्षक सेवा सुविधाहरुका साथै आकर्षक ब्याज दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *