कृषि विकास बैंक लिमिटेडद्वारा रकम हस्तान्तरण

काठमाडौं ! कृषि विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत हिजो मंगलबार प्रजातन्त्र तथा विकास केन्द्रलाई आर्थिक सहयोग गरेको छ । सामाखुसीस्थित केन्द्रको कार्यालयमा आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य विनोद गुरागाईंले सो आर्थिक रकम हस्तान्तरण गर्नु भएको हो । कार्यक्रमका प्रमुख अतिथि गुरागाईंले केन्द्रले निःस्वार्थ भावनाले काम गरेको बताउनु हुँदै नेपालका कतिपय महिलाहरु विभिन्न कारणले पछाडि परेकोमा यस संस्थाले त्यस्ता महिलालाई अगाडि बढाउने कार्यमा लागिपरेको बताउनु भयो । हार्दिकताको जीवन बनाउन महिला वर्गलाई अगाडि बढाउनुपर्ने विचार व्यक्त गर्दै उहाँले त्यसो गरे घर, समाज र राष्ट्र नै समृद्ध हुने बताउनुभयो । उहाँले यस्तो अमृतमय कार्यमा कृषि विकास बैंक लि.ले आफ्नो कमाइको सानो अंशबाट आर्थिक सहयोग गरेर पुण्य कमाएको विचार व्यक्त गर्नुभयो । कार्यक्रममा बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाशन न्यौपानेले शेयर धनीले पाउने अंशबाट कट्टा गरेर सामाजिक कार्यको लागि यस्तो राम्रो संस्थालाई सहयोग गर्न पाउँदा खुसी लागेको विचार व्यक्त गर्नुभयो । संस्थाले विगत २४ वर्षदेखि विपन्न वर्गका छोरीचेलीहरुलाई शिक्षा दिने कार्य गरेको छ । कृषि विकास बैंक लि.बजार तथा अनुसन्धान विभागका विभागीय प्रमुख टंकप्रसाद पोखरेल, वरिष्ठ शाखा अधिकृत कौशीला बोगटी र वरिष्ठ ऋण अधिकृत शान्तिराम भट्टराईको समेत सहभागिता रहेको उक्त कार्यक्रममा केन्द्रकी कार्यक्रम अधिकृत यसोदा ढकालले स्वागत मन्तव्य गर्नुका साथै हिमा तामाङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *