कृषि विकास बैंकले ल्यायो लखपति,करोडपति धमाका निक्षेप योजना

काठमाडौं ! कृषि विकास बैक लिमिटेडले मुद्दती निक्षेप योजनाअन्तरगत हजार राखे लाख पाउने र लाख राखे करोड भुक्तानी पाउने योजना ल्याएको छ। उक्त निक्षेप योजनालाई सो बैंकको लखपति करोडपति धमाका मुद्दती निक्षेप योजनाअन्तरगत ल्याएको हो। जसमा व्यक्तिगत ग्राहकले रु. ५९,३५५  र रेमिटेन्स ग्राहकले रु. ५६,६२६ जम्मा गरी मुद्दती निक्षेप खोलेमा ५ बर्षपछि कर कट्टि सहित रु.एक लाख भुक्तानी दिने त्यसैगरी व्यक्तिगत ग्राहकले रु.५९,३५,५०० र रेमिटेन्स ग्राहकले रु. ५६,६२,६०० जम्मा गरेपछि ५ बर्षपछि कर कट्टि सहित रु. एक करोड भुक्तानी दिने बैंकले जनाएको छ।

यसका साथै यो योजना अनुसार नै हाल जम्मा गरेको निश्चित अवधिपछि दुई गुणा,तीन गुणा र पाँच गुणासम्म प्रतिफलमा एकमुष्ट भुक्तानी दिने योजना समेत बैंकले ल्याएको छ। बैंकले यस्तो सुबिधा दिने व्यक्तिगत तथा रेमिटेन्स ग्राहककालागि क्रेडिट कार्डमा ९०% को लिमिट,मोबाइल बैंकिङ,ईन्टरनेट बैंकिङ,डेविट कार्ड,डिम्याट,सिआश्वाको रजिष्ट्रेसन शुल्क निशुल्क गरी लकर सेवामा ५०% छुट हुने बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *