नविल बैंकको नाफा ६ अर्ब पुग्ने, निक्षेप ३ खर्ब ३० अर्ब

काठामाडौं । नविल बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंक बन्ने देखिएको छ । एक साता अघिमात्रै एनबी बैंकलाई गाभेर एकीकृत कारोबार गरेको नविल बैंकले आर्थिक वर्ष २०७८/७९ मा ६ अर्ब रुपैयाँ नाफा कमाउने देखिएको छ ।

बैंक स्रोतका अनुसार तत्कालीन एनबीको नाफा १ अर्ब २० करोड र तत्कालीन नविलको नाफा ४ अर्ब ८० करोड रुपैयाँ भएको छ । जसकारण मर्जपछि बनेको नविल बैंकको नाफा ६ अर्ब रुपैयाँ हुने देखिएको छ । यद्यपि संभावित जोखिम व्यवस्थाका लागि छुट्याउने रकममा हुनसक्ने हेरफेरले यो नाफामा केही थपघट भने हुनसक्छ ।

एनबी बैंक गाभेपछि नविल सबै सूचकमा पहिलो नम्बरमा छ । ०७९ असार मसान्तमा बैंकको निक्षेप ३ खर्ब ३० अर्ब रुपैयाँ छ भने कर्जा ३ खर्ब १० अर्ब रुपैयाँ छ । कर्जा निक्षेप अनुपात ९१ र तरलता अनुपात २२ कायम भएको छ ।

बैंकको कोर क्यापिटल ४३ अर्ब र चुक्ता पुँजी साढे २२ अर्ब रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *