घरजग्गा बजारमा ब्याजदर वृद्धिको असर : बैंकले धितोकर्जा व्यवसायबाट निकाल्न थाल्यो कर्मचारी

काठमाडाैं । अमेरिकी बहुराष्ट्रिय लगानी बैंक तथा वित्तीय सेवा प्रदायक कम्पनी जेपी मोर्गन चेजले घर कर्जा व्यवसायबाट सयौं कर्मचारीलाई कामबाट निकालेको छ ।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ FED ले आक्रामक रुपमा ब्याजदर बढाइरहँदा तातिएको अवस्थामा रहेको घरजगा बजार चिसिन थालेपछि कम्पनीले यही हप्तादेखि लागू हुने गरी कर्मचारी कटौती गरेको हो । कम्पनीले केही कर्मचारीहरुलाई भने नयाँ जिम्मेवारी दिएको छ ।

कम्पनीको पछिल्लो निर्णयबाट हजारभन्दा धेरै कर्मचारी प्रभावित भएको बताइएको छ । जेपी मोर्गनमा विश्वभर २ लाख ७४ हजार ९४८ कर्मचारी कार्यरत छन् । प्रभावितमध्ये आधालाई कामबाट निकालिएको छ भने आधालाई बैंकका अन्य शाखामा स्थानान्तरण गरिएको यस मामिलाबारे जानकार स्रोतले बताएको भन्दै अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले समाचार छापेको छ । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *