आयात, रियल इस्टेट, हायर पर्चेज र मार्जिन कर्जामा कडाइ गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स भुक्तानी सीमामा सुधार गर्दै जग्गा प्लटिङ र सेयर धितोलगायतका ऋणमा कडाइ गर्ने भएको छ । जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गरी कडाइ गर्न लागेको हो ।

बिहीबार साँझ चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो ।

रियलस्टेट र सेयर धितोजस्ता अनुत्पादक क्षेत्रमा ऋण गएको भन्दै राष्ट्र बैंकले जोखिम भार शतप्रतिशतबाट बढाउँदै कडाइ गर्ने संकेत दिएको हो । यद्यपि, यसका लागि राष्ट्र बैंकले निर्देशन परिपत्र जारी गर्ने जनाएको छ । यस्तै, बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रस्ट रिसिटलगायतका आयात कर्जाका साथै व्यक्तिगत अधिविकर्ष कर्जामा पनि कडाइ गरिने भएको छ । व्यक्तिगत अधिविकर्ष कर्जाको सीमा अहिले ५० लाख रहेको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *