चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

काठमाडौं ! प्रभु बैंकले चितवनमा पहिलो पटक एजुकेसन हबको शुभारम्भ गरेको छ । सोमबार नारायणगढमा एक कार्यक्रमका बीच बैंकले बैदेशिक शिक्षाका लागि अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताका लागि एजुकेसन हबको शुभारम्भ गरेको हो । शैक्षिक ऋणका लागि यहाँका विद्यार्थी तथा अभिभावकलाई काठमाडौं जाने बाध्यता समेत हटेको बैंकले जनाएको छ ।

बैंकका चितवन क्लष्टर प्रमुख सांग्रिला श्रेष्ठले चितवन र यस वरपरका जिल्लाका विद्यार्थी र अभिभावकलाई लक्षित गर्दै सेवा शुरु भएको बताएकि छिन् । साथै, उनले बैंकले विद्यार्थी तथा अभिभावकका वित्तीय सहजताका लागि चितवनबाटै सेवा शुरु गरेको समेत जानकारी दिएकी छिन् ।

बैंकको नरॎायणगढ शाखा प्रमुख राजु पन्तका अनुसार विद्यार्थीका डकुमेन्टस पुरा भएका अधिकतम ५ दिन भित्र लोन स्वीकृति हुने छ। यसका लागि अलग्गै कर्मचारीहरु खटाइएको छ। यसअघि बैंकले यो सेवा गण्डकी प्रदेशमा सेवा शुरु गरिसकेको छ ।

बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गर्दै आएको छ ।