वाणिज्य विभागको अनुगमनः १ करोड ८६ लाख जरिवाना

काठमाडौं ! वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालु आर्थिक वर्षको ११ महिनामा ७२० वटा फर्मलाई कारबाही गरेको छ । ३ हजार ४१४ फर्मको अनुगमन गरेको विभागले ७२० फर्मलाई जरिवाना तिराएको हो ।

बस्तु तथा सेवाको बिक्रि गर्दा उपभोक्ताको हित विपरित हुने गरी मूल्य लिने तथा म्याद गुज्रिएका बस्तुको बिक्रि वितरण गर्ने फर्महरुलाई कारबाही गरिएको विभागका प्रवक्ता होमनाथ भट्टराईले जानकारी दिए । उनका अनुसार जरिवानाबापत यो ११ महिनामा १ करोड ८६ लाख ४ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यस्तै, १ करोड ६४ लाख २३ हजार ४८० रुपैयाँ बराबरका म्याद गुज्रिएका बस्तु (सामग्री) नष्ट गरिएको छ ।

चालु आर्थिक वर्षमा (२०७९ साउन १ देखि २०८० असार मसान्तसम्म) ३ हजार ५ सय फर्मको अनुगमन गर्ने लक्ष्य लिएकोमा जेठ मसान्तसम्म ३४ सय बढी फर्मको अनुगमन गरिसकिएको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *