काठमाडौं उपत्यकामा १८ जना बन्दकर्ता पक्राउ

काठमाडौं ! काठमाडौं उपत्यकामा नेपाल बन्द गराउन सडकमा निस्केका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बन्द आह्वान गरेको थियो । मंगलबार बिहान शंकास्पद रुपमा निस्केका १८ जनालाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले रातोपाटीलाई बताए । काठमाडौंको लगनटोल, माछापोखरी र बसपार्कबाट १७ जनालाई पक्राउ गरिएको छ । एकजना ललितपुरबाट पक्राउ परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *