काठमाडौं उपत्यकामा बन्दको प्रभाव न्यून

काठमाडौं । संसदबाट एमसीसी अनुमोदन गर्न लागिएको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायतले आह्वान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा न्यून देखिएको छ ।

एमसीसी आज बस्ने प्रतिनिधिसभामा टेबल गर्ने भनिएपछि आज नेपाल बन्दको घोषणा गरिएको हो । एमसीसीको विरोधमा नेपाल बन्द घोषणा गरिएकोपछि सरकारले सुरक्षा कडा गरेको छ । चोकचोकमा बाक्लो सुरक्षाकर्मीको उपस्थिति छ ।

जसका कारण सवारी साधनहरु बिहानैदेखि निर्वाध चलिरहेका छन् । बजार खुल्ला छन् । ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको अघिल्ला दिनहरुको तुलनामा केही कम रहेपनि अवस्था सामान्य रहेको जनाएको छ ।

बन्दको पूर्वसन्ध्यामा गृह मन्त्रालयले कानुन विपरीतका गतिविधि हुन नदिन सबै सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाउन निर्देशन दिएको थियो । उपत्यकाबाहिरका जिल्लाहरुको भने केही प्रभव परेको खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *