जनमत पार्टीले भन्यो : गरिबमारा बजेटलाई समर्थन गर्न सकिन्न,विपक्षमा मतदान गर्छौं

काठमाडौँ ! जनमत पार्टीले बजेटलाई समर्थन नगर्ने निर्णय गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले बजेट असमान भएको भन्दै समर्थन नगर्ने निर्णय गरेको जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले जनाएको छ ।

अध्यक्ष राउतको सचिवालयले भनेको छ, ‘गरिबमारा, मधेश विरोधी, जनतामारा, असमान बजेटलाई समर्थन नगर्ने निर्णय आज जनमत पार्टीको संसदीय दलको बैठकले गरेको छ। देशकै अर्थतन्त्र धराशायी भइराखेको बेलामा लुटतन्त्रमुखी कार्यकर्ता पोस्न ल्याइएको असमान बजेट कुनै पनि हालतमा स्वीकार्य छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *