सुदूरपश्चिम बजेट : २९ अर्ब २६ करोड ५९ लाखको बजेट विनियोजन

काठमाडौं ! सुदूरपश्चिम प्रदेश सरकारले ९ अर्ब २६ करोड ५९ लाख ३२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा पूँजीगततर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार अर्थात् ५८ दशमलव १६ प्रतिशत र चालूतर्फ ९ अर्ब ५९ करोड ६० लाख २ हजार अर्थात् ३२ दशमलव ७९ प्रतिशत विनियोजन गरिएको छ ।​

सुदूरपश्चिम सरकारले आगामी सांसद कोष भनिने प्रदेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत हरेक निर्वाचन क्षेत्रका सांसदलाई तीन करोड रुपैयाँ विनियोज गरेको छ ।

यस्तै, भौतिक पूर्वाधार विकासका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । सडक पूर्वाधार, उर्जा, सिँचाई तथा नदी नियन्त्रण, खानेपानी तथा सरसफाइ, आवास शहरी विकास तथा भवन निर्माण र यातायात व्यवस्था क्षेत्रमा १२ अर्ब ६८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *