विनियोजन विधेयक बहुमतबाट स्वीकृत, मन्त्रालयगत छलफलको लागि समय तय

काठमाडौं ! प्रतिनिधिसभामा ‘विनियोजन विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभाको सोमबारको दोस्रो बैठकमा सभासमक्ष उक्त प्रस्ताव पेस गरेका थिए।

विनियोजन बजेटका विभिन्न मन्त्रालय र सचिवालय शीर्षकमाथि यही जेठ ३२ देखि असार १२ गतेसम्म छलफलका लागि दिन तोकिएको सभामुख देवराज घिमिरेले सदनलाई जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *