आगामी बर्ष शहरी विकास मन्त्रालयको ६६ अर्ब १७ करोड रुपैयाँ बजेट

काठमाडौं । सरकारले शहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक बर्ष २०८०/८१को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले शहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका हुन् ।

सरकारले शहरी विकास मन्त्रालय अन्तरर्गत चालु आर्थिक वर्षको भन्दा बजेट बढाएर झण्डै दोब्बर पु¥याएको छ । अर्थमन्त्री महतले मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि करीब ३० अर्ब रुपैयाँ बढी बजेट विनियोजन गरिएको बताए । उनले स्थानीय सरकारसँगको समन्वयमा वागमती र विष्णुमती लगायत नदी किनारामा रहेका सुकुम्वासी बसोवास हटाइने बताए ।

उनले स्थानीय तहसँगको समन्वयमा वास्तविक सुकुम्वासीको वैकल्पिक व्यवस्थापन गरि वागमती र विष्णुमती लगायत नदी किनारामा रहेका अनाधिकृत बसोवास हटाइने बताए । उनले संघीय संसद भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताए ।

उनले भवनको आन्तरिक पूर्वाधार लगायतका बाँकी काम सम्पन्न गर्न १ अर्ब २२ करोड बजेट व्यवस्था गरेको बताए । उनले स्थानीय तहका पालिकाकाहरुको भवन पनि लागत साझेदारीमा निर्माण गरिने बताए ।

उनले लागत साझेदारीमा स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न गर्न ५८ करोड रुपैयाँ विनियोजन गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *