यस्तो छ आगामी बर्षको बजेटको पुर्णपाठ

काठमाडौं ! सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट संसदमा प्रस्तुत गरेका हुन् ।

कुल १७ खर्ब ५१ अर्ब बजेट तय गरिएकोमा ११ खर्ब ४१ अर्ब ७८ करोड साधारण तथा प्रशासनिक खर्चको लागि छुट्याईएको छ । पूँजीगत खर्चको लागि  ३ खर्ब २ अर्ब ७ करोड छुट्याईएको छ । त्यस्तै वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब ४५ करोड बजेट छुट्याईएको छ ।

१७ खर्ब ५१ अर्ब कुल बजेटमध्ये सरकारले आगामी आर्थिक वर्ष राजश्वबाट १२ खर्ब ४८ अर्ब उठाउने लक्ष्य लिएको छ भने वैदेशिक अनुदान बापत ३९ अर्ब आउने लक्ष्य राखेको छ।

त्यस्तै राजश्व र बैदेशिक अनुदानबाट पनि अपुग भएको ४ खर्ब ५२ अर्ब रुपैयाँ बैदेशिक र आन्तरिक ऋण मार्फत उठाउने योजना बनाएको छ । बैदेशिक ऋणमार्फत २ खर्ब १२ अर्ब र अपुग २ खर्ब ४० अर्ब आन्तरिक ऋणमार्फत पूर्ति गरिने अर्थमन्त्री महतले संसदमा जानकारी दिए ।

हेर्नुस् बजेटको पूर्णपाठ:

Leave a Reply

Your email address will not be published. Required fields are marked *