सरकारले ल्यायो १७ खर्ब ५१ अर्बको बजेट

काठमाडौं ! सरकारले आगामी आर्थिक वर्षको बजेट सिलिङ १७ खर्ब ५१ अर्ब ३१ करोड तय गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको बजेट सिलिङबारे संसदमा जानकारी गराएका हुन्।

कुल १७ खर्ब ५१ अर्ब बजेट सिलिङ तय गरिएकोमा ११ खर्ब ४१ अर्ब ७८ करोड साधारण तथा प्रशासनिक खर्चको लागि छुट्याईएको छ पुंजीगत खर्चको लागि  ३ खर्ब २ अर्ब ७ करोड छुट्याईएको छ। त्यस्तै वित्तीय खर्चमा ३ खर्ब ७ अर्ब छुट्याईएको छ।

१७ खर्ब ५१ अर्बको सिलिङ भएको बजेट मध्ये सरकारले आगामी आर्थिक वर्ष राजश्वबाट १२ खर्ब ४८ अर्ब उठाउने लक्ष्य लिएको छ भने वैदेशिक ऋण सहायता बापत ३९ अर्ब लिने लक्ष्य राखेको छ।

त्यस्तै राजश्व र बैदेशिक सहायताबाट पनि अपुग भएको ४ खर्ब ५२ अर्ब रुपैयाँ बैदेशिक र आन्तरिक ऋण मार्फत उठाउने योजना बनाएको छ। बैदेशिक बापत २ खर्ब १२ अर्ब ऋण लिने र अपुग २ खर्ब ४० अर्ब आन्तरिक ऋण लिने अर्थमन्त्री महतले संसदमा जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *