जनार्दन शर्माले गरेको बजेट चलखेल छानबिन आजदेखि हुँदै

काठमाडौं ! तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर बजेटमा करका दरमा चलखेल गरेको प्रकरणमा असार २२ मै राजीनामा दिएका थिए। समिति सदस्य सीताराम महतोले संसद् चलिरहेको र समितिका सदस्यहरू बाहिर रहेका कारण ढिलाइ भएको बताए। अर्का सदस्य लक्ष्मणलाल कर्णले कामको प्रकृति हेरेर समय कति लाग्ने भन्ने कुरा हुने बताए। ‘काम नै सुरुवात भएको छैन। अहिले नै तोकिएको समयमा सकिन्छ कि सकिँदैन कसरी भन्ने ?’, कर्णले भने।

काम सुरु गरेको १० दिनभित्र काम सकाउने कार्यादेश पाएको उनको भनाइ छ। उनका अनुसार पहिलो दिन कार्यविधि बनाई संयोजक चयन गरिनेछ। समितिमा एमालेका ४, कांग्रेस र माओवादी केन्द्रका २/२ र जसपा, लोसपा र एकीकृत समाजवादी १/१ जना सदस्य छन्।  तत्कालीन मन्त्री शर्माले अनधिकृत व्यक्तिलाई खेताला विज्ञ बनाएर मध्यरातमा बजेटमा करका दर हेरफेर गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *