दोधारा चाँदनी नगरपालिकाको आगामी बर्षको बजेट ७२ करोड ८२ लाख

कञ्चनपुरः महाकालीपारिको दोधारा चाँदनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७२ करोड ८२ लाखको बजेट प्रस्तुत गरेको छ। शुक्रबार आठौं नगरसभामा नीति तथा कार्यक्रमसँगै उक्त बजेट प्रस्ताव गरिएको हो । चालुतर्फ ५५ करोड र पुँजीगततर्फ १७ करोड बजेट छुट्याइएको छ।

नगरपालिकाले दलित भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासीको एक वर्षभित्रै व्यवस्थापन, मझगाउँ विमानस्थल निर्माण, कृषि संकलन केन्द्र तथा मलखादको डिपो स्थापना गर्ने योजना अघि सारेको छ। यसैगरी, एक घर एक करेशाबारी, कृषि उत्पादन भण्डारणका लागि चिस्यान केन्द्र स्थापनादेखि बजारीकरणका लागि महेन्द्रनगरमा बिक्री केन्द्र स्थापना गर्ने लगायतका योजनाहरु अघि सारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *