कैलालीको बर्दगोरिया गाउँपालिकाले ल्यायो ७६ करोडको बजेट

धनगढी: कैलालीको बर्दगोरिया गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरिएको छ। पालिकाले शुक्रबार १० औँ गाउँसभा मार्फत कुल ७६ करोड ७० लाख ५५ हजारको बजेट सार्वजनिक गरेको हो।

गाउँपालिकामा संघिय सरकारबाट ४४.६९ करोड र प्रदेश सरकारबाट १.५१ करोड प्राप्त हुने भएको छ भने, २.५० करोड पालिकाको आन्तरिक स्रोतबाट सङ्कलन हुने अनुमान गाउँपालिकाले गरेको छ। संघिय सरकारको विभिन्न अनुदानबाट गाउँपालिकाले ४४ करोड ६९ लाख २६ हजार प्राप्त गर्ने  जनाइएको छ। यस्तै प्रदेश सरकार १ करोड ५१ लाख २९ हजार प्राप्त हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *