बागमती सरकारको मेलम्ची बाढी पिडितलाइ उपहार : तत्कालै तीनवटा विद्युतीय केवलकार

काठमाडौ ! बागमती प्रदेश सरकारले NDRRMA को सहकार्यमा मेलम्ची बाढीले पुलहरु बगाएर सम्पर्क बिच्छेद भएका पालिकाहरुलाई जोड्न तत्कालै ३ वटा बिद्युतिय केबुलकार बनाउने घोषणा गरेको छ । केही दिन अघि मा. मुख्यमंन्त्रीज्युको कार्यकक्षमा भएको छलफल पछि आज प्रदेश सभा बैठकमा बिपद क्षेत्रसंग सम्बन्धित आन्तरिक मामिला तथा कानुन मंन्त्री मा. केशबराज पाण्डेले विशेष समयमा बोल्दै उक्त योजना सार्बजनिक गर्नु भएको हो । नेपाली सेना र स्थानिय सरकारको सहकार्यमा राष्ट्रिय बिपद ब्यबस्थापन तथा न्युनिकरण प्राधिकरणले १५ दिन भित्र चनौटेमा बेलीब्रिज राख्न नापजाँच समेत गरि सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *