बागमती प्रदेशमा कानुन एप सार्वजनिक

काठमाडौं ! बागमती प्रदेश सरकारले कानून एप निर्माण गरेको छ ।
बागमती प्रदेश सरकारले तर्जुमा गरेका सम्पूर्ण कानूनहरु एकीकृत रुपमा मोबाइल एप्लिकेसनको माध्यमबाट हेर्न, डाउनलोड गर्न र सामाजिक सञ्जालमा सेयर गर्न मिल्ने गरी आन्तरिक मामिला तथा कानून मन्त्रालयले एप बनाएर सार्वजनिक गरेको हो ।

उक्त एपको नाम ‘बागमती कानुन’ हो । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा. अजयक्रान्ति शाक्यले सो एप सार्वजनिक गर्दै आफूले डिजिटल बागमती प्रदेश बनाउन खोजेको र यसै सन्दर्भमा यो एप निर्माण गरिएको जानकारी दिनुभयो ।
एप निर्माणकर्ता प्रोलोजिक सोलुसन प्रा.लि.का प्रोपराइटर नितेश दाहालले मन्त्रालयले प्रदान गरेको कार्यविवरण अनुरुप एपको निर्माण भएको र यो एप सरकारी स्वामित्वमा रहने भएकाले गुगल प्लेस्टोर र एप्पल स्टोरमा उपलब्ध गराउन केही समय लाग्ने बताउनु भयो । एप निर्माणसगै प्रदेशबासीले अब डिजिटल प्लेटफमबाट सेवा एवं जानकारी लिने मौका पाएका छन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *